२५ हजार भन्दा बढी संक्रिय संक्रमित भए फेरि पनि लकडाउन गर्ने

२५ हजार भन्दा बढी संक्रिय संक्रमित भए फेरि पनि लकडाउन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,७ असोज। पछिल्लो समय नेपालमा लकडाउन खुकुलो गरेको छ । तर कोरोना संक्रमणको संख्या घटेको छैन । झनै दिनदिनै बढी रहेको छ । अब सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरी पनि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ ।

आज (बुधबार) बिहान बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो। संक्रिय संक्रमित २५ हजार नाघेमा फेरी लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अहिले १७ हजार सक्रिय संक्रमित छन्।