स्याङ्जाको वालिङमा पहिरामा पुरिएर मृत्यु हुनेको संख्या ९ पुगेको छ। आज बिहान ६ बजे वालिङ १४ तमादीमा माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको थियो । थप फेरी ४ जनाको शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । जसमा तीन महिला र दुई पुरुषको शव निकालिएको थियो ।
पछि १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाका एक बालक रहेको अधिकारीले जानकारी दिए। पहिरोमा एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरीएको थियो ।



प्रतिक्रिया