महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त

महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना संक्रमण जितेका छन् । कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि भदौ ३० गते राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो। चार दिन अस्पतालको आइसोलेसनमा बसेर महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि शनिबार अपरान्ह डिस्चार्ज भएका थिए ।

ललितपुरस्थित स्टार अस्पातालमा गरिएको पिसिआर परीक्षणमा डा कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् ।