कपिलवस्तुमा विद्युत प्राधिकरणको गाडी बगाउँदा बेपत्ता भएका दुईमध्ये एक जनाको शव फेला

कपिलवस्तुमा विद्युत प्राधिकरणको गाडी बगाउँदा बेपत्ता भएका दुईमध्ये एक जनाको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएर नेपाल विद्युत प्राधिकरणको कर्मचारी बेपत्ता भएका दुईजना मध्ये एकजनाको शव फेला परेको छ । खोलाले बगेको जीप पनि भेटिएको छ । कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ १०८९ नम्बरको जीप बगाउँदा ३५ वर्षीय चालक माधव पाण्डेको शव फेला परेको थियो । जीपमा सवार छ मध्ये तीन जना हाम फालेर बच्न सफल भएका थिए भने दुई जना बेपत्ता भएका थिए ।

अर्घाखाँची शितगंगा नगरपालिका-१३ का केशवप्रसाद भाट क्षेत्रीको शव बिहीबार दिउँसो वाणगंगा नदीको सुठौली नजिक भेटिएको हो। वाणगङ्गाको भलवाड पडेरीयामा विद्युत् मर्मतको काम सकेर कार्यालय फर्कने क्रममा जीपलाई खोलाले बगाउँदा बेपत्ता भएका थिए । प्राधिकरणका फ्युज सेवा गजेहडाका प्रमुख कृष्ण प्रसाद पौडेल अझै बेपत्ता छन् भने खोजि कार्य जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको आसपासका क्षेत्रबाट दुबै जनाको खोजी कार्य जारी राखेको छ । बुधबारदेखि नै तीन वटै सुरक्षा निकायको टोली खोजी कार्यमा परिचालन भएको छ ।