एकै दिन विभिन्न मुद्धामा १४ फरार अभियुक्त पक्राउ

एकै दिन विभिन्न मुद्धामा १४ फरार अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रहरीले विभिन्न मुद्धामा फरार रहेका १४ जनालाई आज पक्राउ गरेको छ । जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा उपस्थित गराएको प्रनाउ भारतीले बताउनुभयो । पक्राउ पर्नेमा कु’टपि’ट अङ्गभङ्ग मुद्धाका फरार राजविराज नपा–९ का शुबंस साह र उहाँकी श्रीमती लिलावती साह छन् । कु’टपि’ट मुद्धामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उहाँका भाइ ३५ वर्षीय लक्ष्मण यादव पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउपर्नेमा कु’टपि’ट मुद्धामा फरार राजविराज–१ का ९८ वर्षीय उतिमलाल यादव समेत छन् । ज्या’न मा’र्ने उद्योग र कु’टपि’ट मुद्धामा राजविराज–९ का ७६ वर्षीय झौली नुनिया पक्राउ परेका छन् ।

यसैगरी कु’टपि’ट मुद्धामा राजविराज–१ का शत्रुधन यादव, सोही वडाका ३० वर्षीय लक्ष्मी यादव, राजविराज–९ का ४४ वर्षीय गुलाबलाल दास, सोही वडाका ४५ वर्षीय जुक्ति यादव र ६६ वर्षीय सुबी यादव रहेको प्रहरीले जनाएको छ । लुटपिट मुद्धामा राजविराज–१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्धामा राजविराज–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्धामा राजविराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको प्रनाउ भारतीले बताउनुभयो । रासस