पहिराले मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ कार्यालय पुरियो

पहिराले मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ कार्यालय पुरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ कार्यालय पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरले एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिनुभयो ।

निरन्तर झरी परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी लिन नसकिएको उहाँले बताउनुभयो ।