दार्चुलाको होटलमा सुतेका प्रहरीका सई मृत अवस्थमा फेला

दार्चुलाको होटलमा सुतेका प्रहरीका सई मृत अवस्थमा फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला,९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अवस्थामा फेला परेका छन् ।

महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् । उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थिए । हुती जाने क्रममा उनी होटलमा बास बसेको होटेलको बाथरुममा लडेको अवस्थामा फेला परेका थिए । सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।