पर्सा,९ असोज। वीरगन्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । पोखरिया नगरपालिका १ का ७७ वर्षीय पुरुषको वीरगन्जस्थित बाबा होटलमा नेशनल मेडिकल कलेजले संचालन गरेको अस्थायी कोभिड अस्पतालमा बिहीबार राती मृत्यु भएको हो ।
भेन्टिलेटरमा उपचाररत ती वृद्धको बिहीबार राती मृत्यु भएको हो । वृद्धको स्वास्थ्यमा समस्या भएपछि गत असोज ७ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । पछि बाबा होटलको अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।



प्रतिक्रिया