यसकारण अबको महामन्त्री प्रदिप पौडेल

यसकारण अबको महामन्त्री प्रदिप पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदीप पौडेल एक लोकप्रिय नेपाली राजनीतिज्ञ हुन् जसले नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति सदस्यको रूपमा समाजसेवा गरिरहेका छन्। उनी नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा शीर्ष ५ जनाभित्र रहने मतले पार्टीको केन्द्रीय समिती सदस्यमा निर्वाचित भएका हुन् । स्थायी घर गण्डकी प्रदेसको तनहुँ जिल्ला रहेका पौडेल हाल काठमाण्डौं जिल्लाको बानियाटारमा बस्छन् । उनले नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक जीवन शुरू गरेका हुन् । पौडेलले आफ्नो राजनीतिक जीवन २०४६ सालको जनआन्दोलनबाटै सुरु गरेका हुन । त्यस कलिलो सानो उमेरमा समेत उनले कस्टडीको वसाइ सामना गरे । जसबाट पनि उनलाइ राजनीतिमा आउन थप शक्ति मिल्यो । पछि पढाइको शीलशीलामा उनी उच्च शिक्षा अध्ययन गर्न जव अमृत साइन्स क्याम्पस पुगे त्यहाँबाट उनले औपचारिक रुपमा नेपाल विद्यार्थी संघका नेताको रूपमा राजनीति शुरू गरेका हुन् ।

उनी वि.स. २०५३ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अमृत क्याम्पसको स्ववियु सभापतीमा निर्वाचित भएका हुन् । त्यतीखेर नेपाल विद्यार्थी संघबाट अमृत क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी हुने उनी मात्र एक हुन् अन्य सबै अखिलका थिए । यसबाट पनि उनी कति प्रभावशाली र विद्यार्थीमैत्री थिए भन्ने प्रमाणित हुन्छ । अमृत क्याम्पस जस्तो ठाँउमा नेपाल विद्यार्थी संघ, त्यसमा पनि सभापती जस्तो पदमा विजयी भएपछि उनको प्रसंसा सर्वत्र फैलिएको थियो । उनको राजनैतिक गतिशीलता अनुसार वि।स। २०५७ देखि वि।स। २०५९ सालको बीचमा उनलाइ नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा रहेर काम गर्ने अवसर जुट्यो भने वि।स। २०५९ देखि वि।स। २०६४ सालको बीचमा तीन पटक नेपाल विद्यार्थी संघको उपाध्यक्ष भएर पनि महत्वपूर्ण योगदान गरे ।

नेपाली क्रान्तिमा नायक पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालासँगको अग्रपंक्तिमा प्रमुख युवा व्यक्तित्व भएर नेपाली विद्यार्थीहरूको सफलतापूर्वक संयोजन गरेका प्रदिप पौडेल वि।स। २०६२ र ६३ सालको जनआन्दोलनमा सकृय सहभागी भएर निरंकुस राजतन्त्रका विपक्षमा र परिवर्तनका पक्षमा लडेका क्रन्तिकारी युवा हुन् । त्यही वेला उनलाइ करिव ११ महिनाको जेलजीवन विताउन वाध्य पारिएको थियो । यो संगै उनी भद्रगोल जेलमा समेत १७ दिन विताएका छन् । विद्यार्थीको प्रधावशाली नेता यती लामो समय जेल बसेको सायद पहिलो घटना होला ।

जनआन्दोलन सफल भएपछिको पहिलो नेपाल विद्यार्थी संघको महाधिवेसन भएर होला सबैको ध्यान त्यस महाधिवेसनतिर गएको थियो भने कस्तो नेतृत्व आउला भन्ने चाँसो पनि सर्वत्र चर्चाको विषय बनेको थियो । त्यसैमा जव प्रदिप पौडेल सभापतिको उमेदवार भए त्यसपछि परिवर्तनकारी विद्यार्थीहरु हौसिएका थिए । तरपनि निर्वाचनको कुरा हो के के खेल कसले कसरी खेल्ने हुन् त्यो चिन्ता पनि थियो । अन्तत निर्धारित समय भन्दा वढी समय खर्चेर भएपनि वि।स। २०६५ सालमा चितवनमा भएको महाधिवेसनबाट निर्वाचन सम्पन्न भयो र हाल सम्मकै फराकिलो मतान्तरले नेपाल विद्यार्थी संघको अध्यक्षमा प्रदिप पौडेल निर्वाचित भए । त्यसपछि उनले लगत्तैे माउँपार्टी नेपाली कांग्रेसले भन्दा पहिले नै आफ्नो नेतृत्वको केन्द्रिय समितीबाट गणतन्त्रको मुद्दा पास गराएका थिए ।

कूल ३ वर्ष ७ महिनाको समय नेपाल विद्यार्र्थी संघको नेतृत्व सम्हालेका पौडेल ले नेविसंघलाइ चुस्त दुस्त कृयाशील संगठनका रुपमा संघलाइ अगाडि बढाइरहेकै थिए ।आफ्नो कार्यकालमा उनले सार्वजनिक विद्यालय सुधार अभियान (सुविसु), एक विद्यालय एक पुस्तकालय तथा ई लाइब्रेरी जस्ता सुधारका कार्यक्रम अगि वढाएका हुन् । उनको चुलिदो सफलता र गतिशीलता देख्न नसक्नेहरुले महाधिवेसनको नाममा उनकै विषयलाइ केन्द्र बनाए । पार्टीभित्र को आन्तरिक विवाद र कसैका वैयक्तिक स्वार्थबाट माउँ पार्टी नेपाली कांग्रेसको केन्द्रिय समितिमा समेत बारम्बार उनकै बारेमा विवाद भएपछि एक जिम्मेवार नेताका रुपमा रहेका प्रदिप पौडेलले स्वयम आफै भने राष्ट्रिय मुद्दाहरुका विषयमा ध्यान केन्द्रित होस, त्यस्ता विषयमा केन्द्रिय समितिमा छलफल होस, जुन अहिले राष्ट्रिय सरोकार र पार्टीको आन्तरिक जीवनसंग सरोकार छन् तर मेरो विषयलाई महत्व नवनाइयोस म राजिनामा दिन्छु र मार्ग प्रसस्त गर्दछु । उनको यो त्याग र जिम्मेवारी पन अहिले सबैले अनुसरण गरेमा नेपाली कांग्रेस कस्तो वन्थ्यो होला ?

विद्यार्थी नेतृत्वबाट स्वयम राजिनामा गरेका पौडेलले त्यसपछिका कृयाकलाप नेपाली कांग्रेसको नेतृत्वतिर लम्कने गरी अगि वढाएका थिए र लगत्तै हुने नेपाली कांग्रसको १२ औँ महाधिवेशनमा पहिलोपटक केन्द्रिय सदस्य पदमा चुनाब लडे । नेपाली कांग्रेसको विधानमा शीर्ष २५ जनाभित्र रहने मतमात्रै पार्टीको केन्द्रीय समिती सदस्यमा निर्वाचित हुन प्रयाप्त मानिन्छ तर बिडम्बना भनौ की उनै प्रदीप पौडेल १ नम्बर पछाडि अथवा २६ औँ नम्बरमा परे र केन्द्रिय सदस्य बन्न चुके । तर नेपालको विद्यार्थी आन्दोलनमा उनको प्रभावकारिता र उपलब्धिलाइ मध्यनजर गरेर होला तत्कालिन नेपाली कांग्रेसका सभापती सुशिल कोइरालाले आफ्नो कार्यकालको अन्ततिर प्रदीप पौडेललाइ नेपाली कांग्रेसको केन्द्रीय समीतिको सदस्य मनोनित गरे ।

उनलाइ नजिकबाट चिनेका सुशिल खनाल भन्छन्

प्रदीप पौडेल नेपालको राजनीतिमा एक आशा लाग्दा युवा नेता हुन । उनी आम नेपाली जनताहरूप्रति र विशेष गरी नेपाली युवाहरु बीच लोकप्रिय छन् । पार्टीभित्र र बाहिर पनि सहमती र सहकार्यको सिद्दान्तलाइ प्रषयता दिने पौडेललाइ नेपाली कांग्रेस बाहिरका मानिसहरूले पनि उत्तिकै रूचाउँछन् भने कार्यकर्ताका लागि त उनी अभिभावक जस्तै बनेका छन् । त्यसैले नेपाली जनताहरू प्रदिप पौडेललाइ नेपालको भावी प्रधानमन्त्रीका रुपमा हेर्न चाहान्छन् भने कांग्रेस कार्यकर्ताहरूले पार्टी सभापतीको साथै भावी प्रधानमन्त्रीका रूपमा देख्न चाहेका छन् । १३ औँ महाधिवेशनमा नरहरी आचार्यको नेतृत्वमा रहेको सदस्यता छानविन समितीको प्रतिनिधीका रुपमा रहेर उनले पार्टीले र कुनै पनि नेताले मिलाउन नसकेका समस्या तथा विवादहरु सम्वन्धित जिल्लाा गएरै मिलाएका थिए । त्यसैले त्यतिवेला सबैले भन्थे जहाँ हुन्छ समस्या र विवादको स्थिती, त्यहाँ हुन्छ प्रदिप पौडेलको उपस्थिती ।

यसरी हरेक जिम्मेवारीलाइ सफलतापूर्वक बहन गर्न सक्ने, आन्तरिक विवाद र समस्या तत्कालै समाधान गर्न सक्ने, संगठनलाइ वलियो बनाउने रोडम्याप तय गरेका र कार्यकर्ताका हरेक जिज्ञासा तत्काल सम्बोधन गर्ने एक वैचारिक युवानेता प्रदिप पौडेल जसले १३ औ महाधिवेसनमा विजय भएपछिको अवधीमा थुप्रै कार्य गरेका छन् । १३ औं महाधिवेसनमा शिर्ष ५ भित्र रहेर कार्यकर्ताको मन जितेका प्रदिप पौडेललाइ अवकोे १४ औं महाधिवेसनमा जसरी पनि युवाहरूको प्रतिनिधित्व गर्दै महामन्त्री पदमा लड्न कार्यकर्ताको दबाब छ । विगत ५ वर्षे कार्यकालमा पार्टी र जनताको पक्षमा पुराएको उल्लेखनीय योगदानको सम्मान गर्दै थप अगाडि वढ्न र संगठनलाइ चलायमान गराउँदै नेपाली कांग्रेसलाइ फेरि पनि देशको पहिलो शक्ति बनाइ लोकतन्त्रलाइ मजवुत बनाउन उनको महामन्त्री पद अत्यावश्यक भएको छ ।