आज थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३४४ र ७२५ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४० हजार ५२९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ पिसीआर परिक्षण गरिएको छ । त्यस्तै काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४८१ जनामा कोरोना संक्रमण देखिएको छ । त्त्यस मध्य काठमडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र ७६८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २२ हजार १७८ जना रहेको छ ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य १ बालिका र १० जना पुरुष रहेका छन् ।

मृतकहरुमा महोत्तरीको ४ वर्षीय बालिका, महोत्तरीको ३७ वर्षीय पुरुष, सिरहाको ६५ वर्षीय पुरुष, पर्साको ५३, ८०, ६० वर्षीय तिन पुरुष, बाराको ६० वर्षीय पुरुष, चितवनको ५२ वर्षीय पुरुष, काठमाडौँको ७०, ३५ वर्षीय पुरुष, मकवानपुरको ५८ वर्षीय पुरुष रहेका छन् ।