सशस्त्र प्रहरीको बिओपी स्थापना

सशस्त्र प्रहरीको बिओपी स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका ५ समालबुङ र रोङ गाउँपालिका ६ को दुर्गम सलकपुरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको हो ।

सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको हो । ती बीओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले सिमानाको रक्षा गर्नुका साथै स्थानीयलाई सुरक्षाको अनुभूती हुने गरी काम गर्न जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले पाँचथर, ताप्लेजुङ र झापाका सीमावर्ती क्षेत्रमा समेत चाडै बीओपी स्थापना गरिने जानकारी दिनुभयो ।

रोङ गाउँपालिकाको दुर्गम सलकपुरमा बिओपी स्थापना गर्नका लागि स्थानीय लाखमान गम्देनले निःशुल्क पाँच रोपनी जग्गा उपलब्ध गराउनु भएको छ । इलाम जिल्ला भए पनि सलकपुर पुग्न झापा काकडभिट्टा भएर जानु पर्दछ । हिउँदका समयमा इलामको हर्कटे बजारबाट सलकपुर पुगेपनि बर्खा याममा उक्त सडक सञ्चालनमा आउन नसकेका कारण घण्टौ लगाएर झापा हुँदै सलकपुर पुग्नु पर्ने बाध्यता रहेको छ ।

भारततर्फ सीमा क्षेत्रमा प्रत्येक तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिएको भएपनि नेपालतर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिती नहुँदा नेपाली भूमि अतिक्रमण बढनुका साथै ढुंगा, गीट्टी बालुवा जस्ता नदीजन्य वस्तुकोसमेत चोरी निकासी हुँदै आएको थियो । सलकपुर नजिकै रहेको मेची नदीको किनारबाट भारतीय नागरिकले अवैध रुपमा नदीजन्य वस्तुको उत्खनन र चोरी निकासी गर्दै आएकोमा उक्त क्षेत्रमा बीओपी स्थापना भएपछि ती गतिविधि रोकीने अपेक्षा गरिएको रोङ गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मनिकुमार स्याङबोले बताउनुभयो ।

यस्तै सूर्योदय नगरपालिका ५ को समालबुङमा स्थापना गरिएको बिओपी स्थापनाका लागि स्थानीय तारादेवी, मनोजकुमार, विष्णुकुमार, टेकबहादुर, गंगा, धनकुमार कुलबहादुर खत्रीले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनु भएको छ । दुबै स्थानका जग्गा सशस्त्र प्रहरीको नाममा राजिनामा पासका लागि प्रक्रिया समेत अगाडि बढाईएको छ । त्यहाँँ भवन निर्माणको प्रक्रिया थालिने जनाईएको छ । आगामी असोज भित्र सीमाको छब्बीसे, जौबारी, कालपोखरी र सन्दकपुरमा बिओपी स्थापनाको लक्ष्य रहेको छ ।