अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना संक्रमण

अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित हुनुभएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा उपचार गर्नुअघि उहाँको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको केसीका जेठा छोरा योगेन्द्र केसीले जानकारी दिनुभयो । केसीको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको टेकु अस्पतालले सोमबार साँझ फोनमा जानकारी गराएको थियो । केसी हाल घरमै आइसोसेलनमा बसिरहनुभएको छ ।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एशियाली एथलेटिक्स च्याम्पियनसीपमा केसीले कास्य पद प्राप्त गर्नुभएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले प्राप्त गरेको यही नै पहिलो पदक हो । केसीले राष्ट्रिय प्रतियोगितामा पनि एक दर्जनभन्दा बढी स्वर्ण पदक जित्नुभएको थियो ।