हजार बढी सङ्क्रमित, ७६८ सङ्क्रमित निको

हजार बढी सङ्क्रमित, ७६८ सङ्क्रमित निको

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ जना पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । चौबिस घण्टामा पिसिआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो । अहिलेसम्म नेपालमा ४० हजार ५२९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

डा गौतमले विगत २४ घण्टामा ७६८ निको भएर घर फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म २२ हजार १७८ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । उहाँले अहिलेसम्म १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको जानकारी दिनुभयो । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही रहेका छन् ।

पाँच जिल्ला सङ्क्रमण मुक्त

डा गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु सङ्क्रमण मुक्त भएका छन् । उहाँले सङ्क्रमित देखिएकामध्ये १२७ जना सघन उपचार कक्ष र १७ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिनुभयो । सघन उपचार कक्षमा प्रदेश नंं १ मा चार, प्रदेश नंं २ मा २९, वाग्मती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा १३ जना उपचाररत रहेका छन् भने भेन्टिलेटरमा वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा ३ जना छन् ।

संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोसनमा सात हजार २८० जना छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार ११२ जना र क्वारेन्टिनमा सात हजार ३९० जना छन् ।

उपत्यकामा ४८१ सङ्क्रमित

कोभिड–१९ को सङ्क्रमण उपत्यकामा ४८१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

प्रदेश नंं १ को उदयपुर एक, ओखलढुङ्गा दुई, खोटाङमा दुई, झापा १४ , पाँचधरमा एक, मोरग १२ र सुनसरीमा ५६ रहेका छन् । यस्तै प्रदेश नंं २ का धनुषा एक, पर्सा दुई, बारा ११, महोत्तरीमा दुई, रौतहट पाँच, सप्तरी एक र सर्लाही १९ जना रहेका छन् ।

यस्तै वाग्मती प्रदेशको काभ्रेमा आठ जना, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोट दुई, मकवानपुर छ, रसुवा एक, रामछाप दुई, सिन्धुपाञ्चोकमा एक र सिन्धुली ६ रहेका छन् । गण्डकी प्रदेशमा कास्की चार, गोरखा आठ, तनहु पाँच, नवलपरासीपूर्व १५, पर्वत एक र लमजुङमा ३२ रहेका छन् ।

यस्तै प्रदेश नं ५ मा अर्धाखाँची नौ, कपिलवस्तु सात, गुल्मी १३, दाङ १३, नवलपरासी (पश्चिम) चार, पाल्पा एक, प्यूठान एक, बर्दियामा सात, बाँकेमा ३३, रुकुमपूर्व एक र रुपन्हेदीमा ९१ रहेका छन् । कर्णाली प्रदशेमा जुम्ला दुई, दैलेख दुई, सल्यान एक र सुर्खेतमा एक जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा अछाम १३, कञ्चनपुर चार, कैलाली २० डडेल्धुरामा दुई जना, डोटीमा २४, बझाङ ४० र वैतडी १२ जना रहेका छन् ।

चार वर्षीया बालिकासहित ११ जनाको निधन

कोभिड–१९ को कारणले आज एकै दिन ११ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा महोत्ततरीका एक चार वर्षीया बालिकासहित ११ जनाको निधन भएको जानकारी दिनुभयो ।

महोत्तरीकै ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन् । हालसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २३९ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने ०.५९ प्रतिशत हो । गौतमले सङ्क्रमणको दर बढ्दै गइरहेकाले सचेत रहन आग्रह गर्नुभयो । रासस