पाल्पामा पहिरोमा परि एक जना बेपत्ता

पाल्पामा पहिरोमा परि एक जना बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पाको रम्भा गाउँपालिका–३ शिखरडाँडामा पहिरोले एक जना बेपत्ता भएका छन् । शिखरडाँडाका ३० वर्षीय राजकुमार थापा सोमबार दिउँसोदेखि हराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । थापाले दाउरा बोकेर हिँडेको स्थानमा सोमबार दिउँसो ठुलो पहिरोे गएको थियो ।

गाउँपालिकाका कृष्ण रेग्मीले आज बिहानदेखि नै प्रहरी र स्थानीय बासिन्दाले पहिरो गएको क्षेत्रमा खोजी गरिरहेको बताउनुभयो । प्रवक्ता रेग्मीका अनुसार सोमबार पहिरो गएको क्षेत्रमा थापाले दाउरा बोकेर हिँडेको थिए ।

गाई गोठालाले थापालाई पहिरो गएको क्षेत्रमा देखिएको गाउँपालिका प्रवक्ता रेग्मीले बताउनुभयो । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीका टोली खटिएको प्रहरी उपरीक्षक गिरीले बताउनुभयो । रम्भा गाउँपालिकाको कार्यालय नजिकै पहिरो खस्दा डोजर घटनास्थल पुग्न सकेको छैन । रासस