काठमाडौं उपत्यकामा आज थप ३८८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज थप ३८८ जनामा कोरोना संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ३८८  जनामा कोरोना संक्रमण देखिएको छ । त्त्यस मध्य काठमडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार १२० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३२० र ८०० जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार १२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २३ हजार २९० जना रहेको छ ।