दिल्लीलाई हराउदै पाँचौँपटक आइपिएल च्याम्पियन बन्यो मुम्बई, कति पाए पुरष्कार


दिल्लीलाई हराउदै मुम्बई इन्डियन्स पाँचौँपटक १३ औँ इन्डियन प्रिमियर लिग (आइपिएल)च्याम्पियन बनेको छ  । मंगलबार साँझ भएको खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै मुम्बई पाचौ पटक आइपीएल च्याम्पियन बनेको हो  ।

टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १५६ रन मात्र बनाउन सकेको थियो । १५७ रनको लक्ष मुम्बईले ५ विकेटको क्षतिमा १८.४ ओभर मै पुरा गरेको थियो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रन बनाएका थिए । उनले कप्तानी इनिङ्स खेले । शर्माले आइपिएलमा ३९औँ अर्धशतक लगाए ।

आइपिएल विजेता मुम्बईले १० करोड भारु तथा उपविजेता दिल्लीले ६ करोड २० लाख भारु पाएका छन् । प्ले अफमा पराजित सनराइजर्स हैदरावाद तथा रोयल्स च्यालेन्जर्स बेंग्लोरले जनही चार करोड ३९ लाख भारु पाएका छन् । कोभिड–१९ को प्रभावका कारण योपटक विजेता धनराशि कटौती गरिएको हो । पछिल्लो दुई वर्षका विजेताले २० करोड भारु तथा उपविजेताले १२.५ करोड भारु पाएका थिए । कोभिड-१९ कै कारण यस पटकको आइपीएल आयोजना पनि भारत बाहिर गरिएको थियो । भारतमा गर्दा दर्शकलाई रोक्न नसकिने आयोजकको दुरदर्शितासंगै यसपालीको आइपीएल अबुधाबीमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस