क्रिकेटर सन्दिप लामिछानेलाई कोरोना संक्रमण पुष्टि, पोजिटिभ भएपछि यस्तो लक्षण देखियो


चर्चित लेग स्पिनर युवा क्रिके खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसको पुष्टि सन्दिप आफैले सामाजिक संजाल मार्फत गरेका हुन् । उनि लेख्छन – ‘मलाई आज कोभिड–१९ पोजेटिभ भएको थाहा भयो, बुधबारदेखि शरीर दुखिरहेको थियो । तर अहिले हल्का सुधार भइरहेको छ ।’ नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीलाई बुधबारदेखि बन्द प्रशिक्षणमा बोलाएको थियो । बन्द प्रशिक्षणमा राख्नु पहिले सबै खेलाडीको कोरोना परीक्षण गरेको थियो ।

कोरोना संक्रमण पुष्टि भएसंगै उनि होम आइसोलेसनमा बसेको बताएका छन । सन्दिपले आफूलाई सबैको प्रार्थनाको खाँचो रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस