बलिवुडकी चर्चित गायिका नेहा कक्कर आमा बन्दै, गरिन यस्तो तस्विर सार्बजनिक (फोटो)


बलिवुडकी चर्चित गायिका नेहा कक्कड आमा बन्ने भएकी छन । उनले सामाजिक संजालमा एक तस्विर सार्बजनिक गर्दै आफु आमा बन्ने तयारीमा रहेको बताएकी हुन् ।

प्रेमी रोहण प्रितसंग गत अक्टुबर २४ तारिख विवाह गरेकी नेहा चाडै आमा बन्न लागेकी हुन् । रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छिन्–‘अब मेरो ख्याल राख्ने गर ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्नुपर्ने उल्लेख गरेका छन् । यस्तै, गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उल्लेख गरेका छन् ।

कक्कड़ले गर्भवती भएको तस्विर सेयर गरेसंगै बलिवुडका कलाकारबाट बधाईको ओइरो लागेको छ । तस्विर हेर्नुहोस ।

०००

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को ग्राण्ड फिनालेमा यस्तो खाना पस्किए सन्तोषले, बने उपविजेता (भिडियो)

बिहिबार बेलुका बीबीसी वानमा प्रसारित ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को प्रतिष्पर्धाको ग्राण्ड फिनाले भएको छ । धेरैलाई पछी पार्दै नेपाली युवा सन्तोष शाह लगायत ३ जना ग्राण्ड फिनाले अर्थात उत्कृष्ट ३ मा प्रवेश गरेका थिए ।

ग्रान्ड फिनालेमा सन्तोषको मास्टर सेफ च्याम्पियन बन्ने सपना अधुरै रह्यो । उपाधि बेलायती सेफ आलेक्स वेवले जिते । सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ”ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।”

ग्राण्ड फिनालेमा पनि सन्तोषले नेपाली खाना नै पस्किएका थिए । उनले रागाको मासु, पराठा, चट्नी, चामलको जाड तयार पारेर टिपिकल नेपाली कासको थालमा पस्किएका थिए । विश्वसामु नेपाली खाना चिनाउन र लाखौं नेपालीको मन जित्न सफल भएकाले उपाधिभन्दा त्यो महत्वपूर्ण भएको उनले प्रतिक्रिया दिएका छन।

ग्राण्ड फिनालेको भिडियो हेर्नुहोस ।

फाइनलमा भने शीरमा भादगाउँले टोपी पहिरिएर प्रस्तुत भएका सन्तोषले आफ्नी आमालाई समर्पित गर्दै पुरी, गंगटाको करी, बासी भातझैं भुटेको चिउरा, भुटेको खुर्सानी, खिर आदि तयार पारेका थिए ।

आफ्नी आमाले बाल्यकालमा श्रम गर्न जादा जुन खाना बट्टामा लिएर पुग्थिन त्यहि खानालाई सन्तोषले फ्युजन गरेर अन्तराष्ट्रिय स्तरको खाना बनाएर पस्किएका थिए । टिफिन बक्स मै पस्किएका उक्त खाना चाखेर अतिथि सेफ र निर्णायकहरुले उनको साथै आमाको पनि तारिफ गरेका थिए ।

यस अघिका राउण्डमा पनि सन्तोषले नेपाली खानालाई विश्वभर चिनाउदै अगाडी बढेका थिए । उनले कोदोको खिर बनाएर उत्कृष्ट ४ मा प्रवेश पाएका थिए । त्यस्तै योमरी बनाएर फाइनल प्रवेश गरेका थिए । तराईवासीको विशेष खानाहरु आमालाई समर्पित गर्दै उत्कृष्ट ३ मा पुगेका थिए । जुन स्थानमा पुग्न विश्वका लाखौ सेफहरुको सपना नै हुन्छ ।

शुक्रबार सन्तोषले आफ्नो बाल्यकालको तस्विर सामाजिक संजालमा सेयर गर्दै भनेका छन् – ‘मेरो सधैको सपना थियो कि एक दिन नेपाली खानाका परिकारहरु विश्वभर चिनाउन चाहान्छु जुन कति राम्रो छ ।’ यो लामो यात्रामा सबैको साथ र सहयोगको लागी धन्यवाद । ‘

सन्तोषको विगत

सन्तोष पांच वर्षको हुदै उनको बुवाको मृत्यु भएको थियो । त्यसपछि उनको आमामा ठुलो पारिवारिक भार थपिएको थियो । फलस्वरूप सन्तोष करिब दश वर्षको हुदा देखि नै पेट पाल्न र पढ्नको लागि श्रम गर्न थाले । उनले करिब ६ किलोमिटर टाढाको फ्याक्ट्रीमा गएर पाउरोटी टाउकोमा राखेर बेच्न ल्याउथे । उनि पन्ध्र वर्षको हुदा एसएलसी पनि दिए तर उनि पास हुन सकेनन । त्यस पछी उनि भारत पसेको सन्तोष सन्तोष सुनाउछन ।

धेरै अनुभव नभएको पन्ध्र वर्षीय ठिटोले भारतमा पनि राम्रो काम पाउने कुरै भएन । उनले गुजरातको एक पांच तारे होटेलमा भाडा माझ्न थाले । उनले त्यति बेला नै होटेल पनि यति ठुलो हुने रहेछ भन्ने थाहा पाएको बताउछन । तिनै सन्तोष अहिले विश्वको नम्बर एक सेफ बन्ने होडमा छन । उनि सेफ कै रुपमा लन्डनमा कार्यरत छन । उनले निकट भविष्य मै नेपाली कुइजिन मात्र पाउने नेपाली रेस्टुरेन्ट खोल्ने योजनामा छन । त्यसको लागि कम्तिमा सय बढी रेसेपी समेत तयार भैसकेको उनि सुनाउछन ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस