जाडोमा हनिमुन मनाउदै आदित्य नारायण, सार्बजनिक गरे यस्ता तस्विर (फोटो फिचर)


बलिवुडका लेजेण्ड गायक उदित नारायण झाका चोहरा आदित्य नारायण झा हिजो आज हनिमुनमा व्यस्त छन । गायक तथा होस्ट आदित्य नारायणले अभिनेत्री श्वेता अग्रवालसंग गत डिसेम्बर एक तारिख मुम्बईमा विवाह गरेका हुन् ।

विवाह लगत्तै आदित्य श्रीमती श्वेतासंग यतिबेला काश्मिरमा छन । जाडो मौषम त्यसमा पनि कश्मिर जस्तो ठण्डी ठाउमा हनिमुनमा रमाएको तस्विर यतिबेला सामाजिक संजालमा भाइरल भैरहेको छ । चिसो चिसो मौषममा कश्मिरको तालमा डुंगा माथि बसेर हसिलो मुद्रामा खिचिएको तस्विर आदित्यले आफ्नो सामाजिक संजालमा सेयर गर्दै आफ्नो फ्यानलाई सम्झेका छन ।

तस्विरहरु हेर्नुहोस ।

०००

गायक उदितनारायण झाका छोरा आदित्य नारायणले यसरी गरे विवाह

बलिउडका चर्चित गायक उदितनारायण झाका छोरा आदित्य नारायण झाको विवाह सम्पन्न भएको छ । आदित्यले आफ्नी प्रेमिका स्वेता अग्रवालसंग हिजो मंगलबार विवाह गरेका हुन् ।

उनीहरुले मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा बिहे गरेका हुन् । कोरोना महामारीलाई ध्यानमा राख्दै आदित्यको विवाहमा निक्कै पाहुना मात्र आएका थिए । भारतीय संचारमाध्यमका अनुसार उनीहरुको विवाहमा लगभग ५० जति आफन्त र केहि मात्र साथिहरुलाई निमन्त्रणा गरिएको थियो ।

बिहेको पार्टी आज आयोजना गरिएको तर बिहे पार्टीमा पनि निकै कम मानिसहरुलाई मात्र बोलाइएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन । आदित्यले प्रेमिका स्वेता अग्रवालसंगको करिब १० वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस