नेपालमै भेटिए दोस्रो माइकल ज्याक्सन, गर्छन यति राम्रो डान्स (भिडियो हेर्नुहोस)


किर्तिपुर । कला र गला भन्ने चिज यस्तो जो जति देखाउन खोजिन्छ र आफूमा छ भने अबश्य एकदिन न एकदिन बाहिर निस्कन्छ । हो आज हामी त्यस्तै एक जना टयालेन्टेड तर घरको अवस्था र परिबारको अवस्थाले निकै नै पछाडि परेका रेवन सापकोटाको बारेमा कुरा गर्दैछौ । बुवाले अर्की लिएर बसेपछि आफनी आमालाई पाल्न अहिले काठमाडौ किर्तिपुरमा लेवर काम गर्छन रेवन । टिकटक देखि सामाजिक सन्जालमा उनी एकदमै भाईरल छन अहिलेको यो समयमा ।

दोलखा स्थायी घर भएका रेवनको काठमाडौमा बस्न लागेको करिब करिब ८ बर्ष पुग्न थालेको छ अहिले । बिश्व चर्चित स्टार माइकल ज्याक्सनको डान्स स्टाईल कपि गरेर हुबहु डान्स गर्ने र जस्तो स्टाईल पनि सजिलै क्याच गर्न सक्ने रेवनको क्षमताले अहिले नेपालमा तहल्का पिटिरहेको छ तर उनी आफू र आफनो देशको संगितलाई अगाडि बढाउन चाहन्छन आफनो साथसाथै । उनको एकदमै ठूलो इच्छा भनेकै आफनो देशको म्यूजिक इन्डष्ट्री र डान्सलाई नेपालीपनमा बिश्वभर चिनाउने हो तर गरिबिको कारणले यो सबै कुरा एउटा सपनामा मात्र सिमित भएर बसेको छ अहिले । हेरौ उनको यो चकित पार्ने डान्स ।

प्रतिक्रिया दिनुहोस