‘छक्का पन्जा–३’ युट्युबको ट्रेन्डीङ नम्बर एकमा, तर किन ११ प्रतिशतले मन पराएनन चलचित्र (भिडियो)


कमर्सियल रुपमा निक्कै सफल चलचित्र ‘छक्का पन्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो यो चलचित्र सार्बजनिक भएको दोश्रो दिन युट्युबको ट्रेण्डीङ नम्बर एकमा पुगेको छ।

सार्बजनिक भएको दुई दिनमा १९ लाख पटक हेरिएको छ । दिपाश्री निरौलाद्वारा निर्देशित यो फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

हलमा सुपरहिट भएको चलचित्र युट्युबमा भने सिरियलको हाराहारीमा हेरिएको छ । दुई दिनमा पनि २० लाख पटक नहेरे पछी यसलाई सामान्य रुचाइएको भन्न सकिन्छ । किनकि नेपाली सिरियलहरुले पनि दुई दिनमा १०-१५ लाख सम्म भ्युज पाईरहेको देखिन्छ ।

‘छक्का पन्जा–३’ हेर्नेहरु मध्ये करिब ११ प्रतिशतले चलचित्रलाई मन नपराएको देखिन्छ । यो समाचार तयार पार्दा सम्म ६७ हजारले लाइक गरेका छन् भने ७ हजार ७ सयले डीसलाइक गरेका छन् । पुरा चलचित्र हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस