बिदेशमा श्रीमानलाई भाउजुले बच्चा फाली भनिदिए पछि (भिडियो)


आजभन्दा पाँच वर्ष पहिले देवी तिवारीको लोक प्रसाद (राजु) तिवारीसंग बिहे भयो । बिहे भएको अढाई महिनापछि राजु कामको शिलशिलामा विदेशीय । राजु विदेश नजाँदासम्मको त्यो अढाई महिनासम्म घरमै रहँदा देवी र राजुबीचको सम्बन्ध राम्रै थियो । राम्रैसंग घरपरिवारबीच सल्लाह भएर सबैको सहमतिमा नै राजु विदेश गए । विदेश गएको केही समयसम्म पनि राजुले आफ्नी नव दुलहीलाई निरन्त्तर सम्पर्क गरि नै रहे ।

तर पछिपछि भने विस्तारै राजुले विदेशबाट आफ्नी श्रीमती देवीलाई वास्ता गर्न छाड्दै गए । घरमा घर परिवारको राम्रै ख्याल राखेर बसेकी श्रीमती देवीलाई राजुले सम्पकै नगरेको आज पाँच वर्ष भई सकेको छ । यो पाँच वर्षमा देवीले श्रीमान राजुको बाटो हेरेको हेरै छिन् । कहिले घर कहिले माईत गरेरै भएपनि देवीले राजुलाई पर्खि रहेकी छिन् । विदेशबाट कुनै दिन अचानक श्रीमानले फोनमा आफ्नो आफ्नो बाटो लाग्ने भन्ने शब्द बोलेको कुरा देवीले रुँदै सुनाईन् ।

छोरी मान्छेको जात एक पटक अन्मिएर पराई घरमा गई सकेपछि धेरैको कुराको बन्धनमा बाँधिने रहेछ भन्दै देवीले आफुले ती सबै बन्धनहरुलाई कहिल्यै नतोडेको पनि बताईन् । तर श्रीमानले आफुलाई अचानक किन आफ्नो बाटो लाग्ने भने उनी यही भनाईको जवाफको पर्खाईमा छिन् । उनले आफुले घर परिवार र माईति दुवैको इज्जतमा बस्दा बस्दै पनि किन श्रीमानले वास्ता गर्न छाडे भन्ने प्रश्नको जवाफको पर्खाईमा छिन् उनी । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस