पार्टी विभाजनले लुम्बिनी प्रदेश सरकार परिवर्तन हुँदैन ः प्रवक्ता चौधरी


प्रतिनिधिसभाको विघटन र नेकपा विभाजनले कुनै असर नगर्ने लुम्बिनी प्रदेश सरकारले दाबी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउने अवस्था अहिले नभएको स्पष्ट पार्नुभयो ।

प्रवक्ता चौधरीले बाहिर हल्ला फिजाइएको जस्तो प्रदेश सरकार परिवर्तन नहुने दाबी गर्नुभयो । “अहिले सरकार परिवर्तन हँुदैन, मैले बुझेअनुसार सबै मन्त्रीहरु मुख्यमन्त्रीकै लाइनमा हुनुहुन्छ”, उहाँले भन्नुभयो । उहाँले बैठकमा सरकारका सबै मन्त्रीहरु सहभागी भएको र सरकार फेरबदलबारे कुनै आवाज नउठेको हुँदा पार्टी विभाजनको प्रभाव लुम्बिनी प्रदेश सरकारमा नपर्ने बताउनुभयो । आजकोे बैठकले दाङको तुलसीपुर नगरपालिका र स्पेनको विलवाओ नगरपरिषद्बीच भगिनी सम्बन्ध स्थापित गर्ने एक मात्र प्रस्तावमा छलफल गरी पारित गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस