‘संविधानको रक्षाका लागि आन्दोलन’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अहिलेको विरोध संविधानको रक्षाका लागि भएको बताउनुभएको छ । नेकपा कैलालीले आज प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँले विरोध पद वा स्वार्थका लागि नभई नेपालको संविधानको रक्षाका लागि भएको दावी गर्नुभयो ।

नेता रावलले दृढ अठोटका साथ अविलचित भएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपाको बहुमत सचिवालय, बहुमत स्थायी कमिटी रहेको जिकिर गर्नुभयो । नेता रावलले भन्नुभयो, “केन्द्रीय कमिटी मात्र नभई सातै प्रदेशका अत्यधिक कार्यकर्ता र जनता पनि छन्, विश्वासका साथ अगाडि बढ्नुहोला ।”

प्रतिक्रिया दिनुहोस