राष्ट्रियताको पक्षमा एकताबद्ध होऔँ : नेता बस्नेत


पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिको पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ बाँकेले आज कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिको पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ जानकारी गराउन अब युवा जाग्नुपर्ने बताउनुभयो ।

निर्वाचन जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लोकतन्त्रको सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतको विरुद्ध हुन सक्दैन ।”

प्रतिक्रिया दिनुहोस