भाईरल गायक हेमराज भुजेल गहिरो प्रेम सम्बन्धमा, बताए केटी फकाउने तरिका (भिडियो)


बिहे गर्नकोलागी केटी फकाउने सबैको आफ्नै आफ्नै तरिका हुन्छ । कसैले केटीलाई मन पर्ने कुराहरु किनमेल गरिदिएर फकाउँछन् त कसैले म तिमीलाई माया गर्छु, जीवनभर सुखैसुखमा राख्छु भनेर पनि फकाउने गर्छन् । कसैले जीवनभरी नै भनेको मान्ने छु भनेर फकाउँछन् भने कसैले स्वतन्त्र जीवन जीउन दिनेछु भनेर फकाउँछन् । तर पछिल्लो समयमा गीत गाएरै भाईरल बनेको हेमराजको भने आफुले बिहे गर्ने केटीलाई फकाउने तरिका अलि फरक छ ।

हेमराजलाई पछिल्लो समयमा सोशल मिडियामा नचिन्ने सायदै होलान् । हेर्दा सुस्त मनस्थितिको देखिने उनी कुरा भने निकै नै रमाईलो पारामा गर्ने गर्छन् । उनी बोल्दा सबैलाई हाँसो लागेको हुन्छ । यस अर्थमा उनको बोलीमा दुःख बिर्सने आधारहरु प्रसस्तै भेटिन्छन् । उनी कलाको धनी पनि छन् । गाउँको साधारण जीवन बिताउने हेमराजलाई धेरै विषयमा बेलीबिस्तार लगाएरै कुरा गर्न आउँछ । उनी फरासिला स्व्भावका भएको हुनाले प्राय सबैसंग उनी घुलमिल भई रहन्छन् ।

तीनै हेमराजले पछिल्लो समयमा एक युटुवरसंगको कुराकानीमा आफुले केटी फकाउने तरिका जानेको कुरा बताएर सबै आफ्ना फ्यानहरुलाई दंगै पारेका छन् । उनी भन्छन् अब उनको बिहे गर्ने दिन आई सकेको छ । त्यसकालागी उनले केटी फकाउनु पर्नेछ । र बिहेकालागी केटी फकाउन उनले घरको पछाडी पट्टीको ठाउँलाई रोजेका छन् । त्याहाँ पनि नभए बारीको पाटामा लगेर केटी फकाउने बताउँछन् । त्याहाँ पनि तालमेल नमिले घरकै कुनै कुनामा लगेर केटीलाई गालामा चुप्पा खाएर फकाउँछु भन्छन् ।

उनको यो कुरा सुन्दा निकै नै रमाईलो र उत्तिकै हाँसो लाग्दो पनि छ । तर यो साँचो पनि हो । केटी फकाउनकोलागी सबैलाई एकान्त ठाउँ नै चाहिन्छ । यस्तो कुरा जानेका हेमराजले त्यति गर्दा पनि केटीले मानेन र म तिमीसंग बिहे गदिन भिनन् भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्,‘मान्छ नि किन मान्दिनन् ? गालामा चुप्पा खाएपछि पनि मान्दिनन् होला त ? यदि मानिन् भने कसेर ६ झापड हिकाउने नी । अनि त मानि हाल्लिछन् ।’ उनको यो केटी फकाउने तरिका उनैको आवाजमा सुनौं । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस