विवाहको दुई दिन पछि आफ्नो पुर्वप्रेमिकालाई अचानक प्लेनको एकै सिटमा देखेपछि (भिडियो)


भारतीय अभिनेत्री गोहार खानले आफु विवाह बन्धनमा बाधिएको ठिक दुई दिन पछि आफ्नो पुर्व प्रेमी कुशल टन्डनलाई प्लेनमा भेटेकी छन । गौहर खानले जैद दरबारसँग विवाह गरेकी हुन् ।

सन् २०१३ मा भारतीय चर्चित रियालिटी शो बिग बस सिजन ७ मा सहभागी हुने क्रममा गोहार र कुशलको मित्रता संगै प्रेम भएको थियो । उनको शोकी बिजेता समेत बनेकी गोहार र कुशलको निक्कै लामै प्रेम सम्बन्ध जारी रह्यो । तर पछी अचानक कुशलले नै गोहारसंग ब्रेकअप भएको सार्बजनिक गरेका थिए ।

उनै कुशलको भाग्य यस्तो भयो कि अचानक मुम्बई जाने प्लेनको एकै सिटमा आफ्नो विवाहित पुर्वप्रेमिकालाई भेटे । गोहारको हातमा लगाएको मेहेन्दी समेत जस्ताको त्यस्तै देखिन्छ । आफ्नो पुर्व प्रेमिकालाई विवाह लगत्तै विमानमा अचानक देखेपछि उनले एक भिडियो बनाउदै गोहारलाई दाम्पत्य जीवनको शुभकामना समेत दिएका छन् ।

कुशल भिडियोमा बोल्दै भन्छन्, म आफ्नो गृहनगर जाँदैछु, र मैले कसलाई भेटें, हेर्नुहोस् मेरी प्रिय मित्र गौहरलाई। हामी अचानक भेटियौं । मैले गौहरलाई फलो गरेको भने होइन है । यो सुनेर गौहर हाँस्न थालिन् । उनी धेरै राम्री देखिन्छिन्। म तिम्रो लागि धेरै खुसी छु। हुनसक्छ म तिमिलाई बधाई दिन यसरी भेटे। विवाहको शुभकामना गौहर। यति भन्दै अन्तमा कुशलले हाई मेरो भाग्य भनेर भिडियोको अन्त्य गर्छन।

हुन पनि गोहार खान निक्कै नै सुन्दरी छन । आफ्नो पुर्वप्रेमिकालाइ अरु कसैले जीवनसंगिनी बनाएको आफ्नै आखाले देख्दा कुशललाई अहिले पश्चाताप भएको भिडियो हेर्दा महसुस गर्न सकिन्छ । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस