राष्ट्रियसभा बैठकमा शोक प्रस्ताव पारित


राष्ट्रियसभा बैठकले संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाका वर्तमान तथा पूर्व १० सांसदको विभिन्न समयमा भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नभएको उक्त प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो । स्व सांसदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न बैठकमा एक मिनेट मौनधारणा गरिएको थियो ।

बैठकले प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यत्रय मेजर दिपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बु र प्रा डा राममान श्रेष्ठ, संविधानसभा सदस्यद्वय भीमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधिसभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र वीरबहादुर लामा एवं विसं २०६३÷६४ को अन्तरिम व्यवस्थापिका संसदका पूर्वसदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरेको हो । राष्ट्रियसभाको अर्काे बैठक यही पुस २३ गते दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस