नेकपा जुट्नुको विकल्प छैन ः वनमन्त्री आले


वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताउनुभएको छ । नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उहाँले जनताको चाहना र अपेक्षानुसार नेकपा एक एक जुट भएर अघि बढ्न सक्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले जन भावनाअनुसार काम गर्नुपर्ने छ, हामी जुट्नुको विकल्प छैन ।”

मन्त्री आलेले सरकारले मिति तोकिसकेकाले एक जुट भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “सुदूरपश्चिम प्रदेशका एकैसाथ चार जना मन्त्री भएका छौँ, चारै जना मिलेर यहाँको विकास गर्ने छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस