कांग्रेस ‘रुल अफ ल’ मा पनि विश्वास गर्ने पार्टी : नेता महर


नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सर्वोच्च अदालतमा प्रतिनिधिसभाको विघटनको मुद्दाले प्रवेश पाइसकेपछि अदालतको आदेश वा निर्णयलाई नेपाली कांग्रेसले पर्खेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस ‘रुल अफ ल’ मा पनि विश्वास गर्ने र कानूनको राज्य भनेको नै प्रजातन्त्र भएकाले अदालतको आदेश वा निर्णयलाई पर्खेको बताउनुभयो ।

“अदालतको आदेश, निर्देशन र फैसला जे आउँछ त्यही कुरा मानेर अगाडि बढ्छाँै”, नेता महरले भन्नुभयो, “नयाँ प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नका लागि आफ्ना कदम अगाडि बढाउने छौँ ।”

प्रतिक्रिया दिनुहोस