प्रचण्ड-नेपाल समूहको दोस्रो चरणका आन्दोलनका कार्यक्रम यस्ता छन (विज्ञप्तिसहित)


संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल-माधव कुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी नारायणकाजी श्रेष्ठको उपस्थितिमा प्रतिगमनविरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो भने दाहाल-नेपाल समूहले आन्दोलन गर्दै आएको छ । सार्वजनिक गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन, पुस २१ गते राजनीतिक पार्टीहरुसँग काठमाडौंलगायत विभिन्न शहरमा अन्तरक्रिया गर्ने लगायत छन् ।

प्रचण्ड-नेपाल समुहले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु यस्तो छ :

प्रतिक्रिया दिनुहोस