प्रतिनिधिसभा पुनर्स्थापना कुनै पनि हालतमा हुन्न : प्रधानमन्त्री ओली (पुरा सम्बोधनको भिडियो)


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने ठोकुवा गरेका छन् । त्यस्तै उनले लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि प्रतिनिधि सभा विघटनको सिफारिश गर्नुपरेको पनि स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदानलमा विचाराधीन रहेको बेला संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने प्रधानमन्त्री ओलीले ठोकुवा गरेका हुन् । उनले संसद पूनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर गरेका छन् । आफू पक्षधरको काठमाडौं जिल्ला कमिटीको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको बताए ।

प्रधानमन्त्री ओलीको पुरा सम्बोधन हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस