नायिका श्वेता र विजयन्द्र टिकटकमा रम्दै, यस्तो भिडियो भाइरल (भिडियो)


अभिनेत्री तथा ब्यबसायी श्वेता खड्काले मङ्सिर २२ गते बिवाह गरेकी छिन् । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्ष पछी धनगढीका विजयन्द्रसिंह रावतसँग उनले दोश्रो बिवाह गरेकी हुन् । केहि समय देखि उनीहरु प्रेममा रहेको हल्ला चले पनि दुवै पक्षले स्वीकार गरेका थिएनन ।

उनीहरुको बिवाह राजधानीको गोर्कर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा भएको हो । पछिल्लो समय सामाजिक संजालमा निक्कै सक्रिय स्वेताले आफ्नो मनका कुराहरु त्यहि पोख्दै आएकी छन । विवाह अगाडी पनि आफ्नो निर्णयबारे सामाजिक संजाल मार्फत नै आफ्ना शुभचिन्तक माज जानकारी गराएकी थिइन ।

पछिल्लो केहि दिन उनको विवाहको तस्विर र समाचारले राम्रै ठाउ पाइरहेको छ । यसै बीच नवविवाहित श्वेता र बिजेन्द्रले विवाह पछि पहिलो टिकटक बनाएका छन । उक्त भिडियो पनि निक्कै भाइरल भैरहेको छ ।

श्वेता खड्काको टिकटक भिडियो हेर्न यहा जानुहोस ।

प्रतिक्रिया दिनुहोस