भाइरल सचिन परियारको ‘ओठ खोलेर’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा, ठुला ठुला फिल्म र गीतहरुलाई उछिन्दै लोक दोहोरीले इतिहास रच्यो (भिडियो)


पछिल्लो समय सामाजिक सन्जालमा भाइरल बाल गायक सचिन परियारको पहिलो गीत युटुबको ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ। केही दिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज “ओठ खोलेर” बोलको गीतलाई छोटो समयमा अत्याधिक भ्युज मिलेको छ। सचिन परियार, रविना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथोकीको सुमधुर आवाज रहेको गीतमा महेन्द्र भण्डारीको संगीत रहेको छ।भने गणेश अधिकारीको शब्द रहेको छ।

गीतलाई दर्शक स्रोताले एकदमै रुचाएका छन् । ३ दिनको अवधिमा गीतलाई युटुबमा १६ लाख बढी भ्युज, एक लाख बढी लाइक र ५ हजार बढी सकारात्मक कमेन्ट मिलेको छ। गुल्मीका सचिनको यो पहिलो गीत हो।

गीतका निर्माता लेकसाइड टिभीका सन्चालक सविन छेत्री हुन् । गीतको भिडियोमा सचिन, रबिनालाई देख्न सकिन्छ। सचिन र रबिनाका अलवा मोडल करिश्मा ढकाल, सबिन छेत्री,अर्जुन कुँवर , एलिना रायमाझी लगायतला कलाकारहरु पनि भिडियोमा फिचर्ड छन् ।

भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले आकर्षक फ्रेममा खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । हेर्नुस् भिडियो ।

प्रतिक्रिया दिनुहोस