मकवानपुरगढीमा अस्पताल शिलान्यास


मकवानपुरगढी गाउँपालिकाको वडा नं ६ डुम्रेकुनामा रु छ करोड पाँच लाख लागतमा निर्माण हुने अस्पताल भवनको आज शिलान्यास गरिएको छ । पन्ध्र श्ययाको सो भवनको निवर्तमान सांसद एवं नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले शिलान्यास गर्नुभएको हो । भूकम्प प्रतिरोधात्मक एवं आधुनिक तरिकाबाट सो अस्पताल निर्माण हुने बताइएको छ ।

भवनमा डेढ दर्जनभन्दा बढी कोठालगायत भौतिक पूर्वाधार निर्माण हुनेछ । अस्पताल निर्माणपश्चात् सामान्य बिरामीलाई जिल्ला अस्पताल धाउने बाध्यता हटेने खतिवडाले बताउनुभयो । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गरीब, विपन्न तथा आर्थिक कमजोर भएका परिवारलाई स्थानीयस्तरबाट सरल र सहजरुपमा उपचारमा मद्दत पुग्नेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस