त्रिभुवन विमानस्थल अध्यागमनमा भएको कुटपिटबारे छानबिन गर्न समिति गठन


काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको कुटपिटबारे छानविन गर्न समिति बनाएको छ ।

शुक्रबार दिउँसो वाक थ्रुमा प्रहरीको सुरक्षा जाँच नहुने भन्दै अध्यागमनका अधिकारीहरूले प्रश्न उठाएपछि प्रहरी र अध्यागमनका कर्मचारीबीच हात हालाहाल भएको थियो ।

गृहले उक्त घटनाको छानविनका लागि सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिलाई सत्य तथ्य छानविन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी समितिका सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस