१२ बजे राती चिहान खनेर चमत्कार गर्ने झाक्रीलाई भब्य स्वागत र सम्मान,गाउलेहरुले रुदै यस्तोसम्म सुनाए (भिडियो सहित)


रातको १२ बजे चिहान अर्थात मसानघाटसम्म कोहि पुग्न सक्छ होला!? अनि मरेको छ बर्ष बितेपछी उसको आत्मा फेरि भड्किएर हिड्छ होला त! कसैले पत्याउनै नसकिने घटना मोरङको बेलबारिमा घटेको छ ।

एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ । बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेका छन । निडर अनि ज्यानै जोखिममा राखेर सफलता पाउने झाक्रीलाई भगवान मानेर आज पुरै गाउँलेहरु धामिको भब्य स्वागत र सम्मानमा जुटेका छन । करिब तीन सय घर भएको बस्तीले सम्मान गरेका छन । घटनाको भित्री रहस्य अनि सुरुदेखिको सम्पुर्ण नालीबेली गाउलेहरुले सुनाउदा सबैको आँखा रसायो । आत्माले यस्तोसम्म गरेको रहेछ तलको भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस