कस्तो अचम्मको नियम, महिलाले ड्राइभिङ लाइसेन्स पाउन पनि यौ.नरोगको परिक्षण गर्नुपर्ने !


एजेन्सी । यौ.नरोग नभएका महिलालाई मात्र ड्राइभिङ लाइसेन्स दिने यो अनौठो प्रचलनका बारेमा कहिल्यै सुन्नु भएको छ ? यो रोचक घटना हो युरोपेली देश लिथुआनियाको । युरोपेली देश लिथुआनियामा स्त्री तथा यौ.न रोगको डाक्टरसँग चेकअप गराएर मात्र महिलालाई सवारी चालक अनुमत्ी पत्र दिइदै आएको छ ।

यौ नरोगका कारण महिलाहरु सवारी चलाइरहेको बेला एक्कासी बेहोस हुनसक्ने जोखिमका कारण उनीहरुको स्वास्थ्यको जोखिम नहोस् भनेर सरकारले यस्तो कदम चालेपनि विभेदकारी कानूनका विषयमा लामो समयसम्म विबाद भएपछि अहिले उक्त कानुन हटेको छ ।

त्यो विभेदकारी कानूनलाई हटाउन धेरैजसो पुरुष अधिकारकर्मीहरुले पनि बल गरेका थिए । जसका कारण अहिले महिलाले सहजै ड्राइभिङ लाइसेन्स पाउन सहज भएको छ ।

०००

न खान पैसा थियो न सुत्ने ठाउँ नै थियो ! सार्वजनिक शौचालयको भुईंमा कयौ रात बिताएका क्रिस गार्डनर यसरी एकाएक बने करोडपति, यति धेरै छ अहिले उनको सम्पति

काठमाडौं । जब क्रिस गार्डनर आफ्ना दुई बर्षीय छोरासँग सार्वजनिक शौचालयको भुईंमा सुतिरहेका थिए, उनले सायदै कहिल्यै यो सपना देखेका थिए कि उनको जिन्दगीको कथा चर्चित हलिउड चलचित्रमा बदलिनेछ ।

सन् १९८० को सुरुवाती समयमा २७ बषर्ीय गार्डनर आफ्ना भर्खरै जन्मिएको छोरासँग सान फ्रान्सिस्कोमा एक बर्षसम्म घरबिहीन जीवन बाँचेका थिए । त्यसपछि उनले एक शेयर दलाल कम्पनीमा प्रशिक्षण कर्मचारीको रुपमा जागिर पाए । यसका बाबजुद उनीसँग घरको भाडा डिपोजिट गर्न पनि पर्याप्त रकम थिएन ।

गार्डनरको श्रीमती उनीसँग अलग्गिइसकेकी थिइन् । त्यसैले दुई बाबुछोरा जहाँ सम्भव हुन्छ, त्यहीँ बस्थे, त्यहीँ सुत्थे ।

जागिर सुरु भएपछि उनीहरु शौचालयबाट त निस्के तर, कहिले रेल्वे स्टेसन, कहिले पार्क र कहिले चर्चको शरणमा रात बिताए । साथै काम सकिएपछि जव सबै कर्मचारी घर जान्छन्, गार्डनर बाबुछोराले त्यहीँ आफ्नो डेक्समुनी पनि कयौं रात बिताए ।

उनीहरु चिकेन सुप खान्थे । आफूले कमाएको थोरै रकम उनले छोराको नर्सरीमा भर्ना गर्नका लागि खर्चिएका थिए । प्रतिकुल परिस्थितिका बाबजुद गार्डनरले आफ्नो काम छाडेनन् र अपेक्षा सकारात्मक सोच लिएर अघि बढिरहे । नेचुरल सेलिङ एण्ड सेयरमा आफ्नो प्रशिक्षणकाल सकिएपछि उनले स्थायी जागिर पाए ।

त्यसपछि आफू र छोराका लागि उनले घर किन्न सके । उनको जागिरे करिअर निक्कै तीव्र गतिमा अघि बढ्यो । उनले १९८७ मा एक इनभेष्टमेष्ट फार्म खोले । त्यसपछि त के चाहियो ? उनको धनी जिन्दगी सुरु भयो । अहिले गार्डनर ६२ बर्षका भए र उनको सम्पत्ति करीव ६० मिलियन डलर छ ।

उनले मोटिभेसनल स्पिकरको रुपमा विश्व भ्रमण गरेका छन् र घरबारबिहीन जनताको लागि च्यारिटी तथा महिला हिं.साबिरुद्धको क्षेत्रमा क्रियाशील संस्थाहरुमा आवद्ध छन् ।

तथ्य यो हो कि गार्डनरको बाल्यकाल निक्कै कठिन परिस्थितिका बीच गुजि्रएको थियो । सेयर कम्पनीमा इन्टर्नशीपमा काम गर्नुभन्दा अघिसम्म उनी गरिबीको रेखामुनी नै थिए ।

उनले लेखेको आ.त्मकथा ‘द पर्स्युट अफ हृयाप्पीनेस’ले बेष्ट सेलिङ किताबको मान्यता पाएपछि यसै कितावको आधारमा हलिउड फिल्मका लागि प्रस्ताव आएको थियो । यो चलचित्र सन् २००६ मा रिलिज भएको थियो र चलचित्रमा गार्डनरको चरित्रमा अभिनय गर्ने विल स्मिथ ओस्कारमा उत्कृष्ट अभिनेताको रुपमा मनोनयनमा परेका थिए ।

जीवनलाई पछाडि फर्केर हेर्दा गार्डनर भन्छन्, ‘केहि पनि बदलिएको छैन ।’

‘मेरो बाल्यकाल निक्कै पीडाले भरिएको थियो । त्यसैले म चाहन्नथेँ कि मेरा सन्तानले यस्तो पीडा ब्यहोर्नु नपरोस् ।’ उनले भने, ‘आफ्नो भाग्य र भविश्य पहिल्याउन म सफल भएँ किनकि मैले सही निर्णय गरेको थिएँ ।’ गार्डनर विस्कन्सिनको मिलवाकीमा जन्मिएका थिए र उनले आफ्ना वास्तविक पिता कहिल्यै चिन्न पाएनन् ।

बरु उनी आमा बेट्टी जिन र शारीरिक रुपमा अशक्त तथा जँड्याहा सौतेनी बाबुसँग गरिवीको चरण पीडाबीच हुर्केका थिए । त्यहाँ उनले केहि समय सरकारी आश्रममा पनि बिताएका थिए । उनकी आमा आफ्ना पार्टनरलाई मा.र्न खोजेको आरोप लागेपछि बेपत्ता भएकी थिइन्

यहि हुँदाहुँदै पनि गार्डनर आफ्नी आमालाई प्रेरणा मान्छन् । उनी भन्छन्, ‘मसँग पुरानो जमनाको आमा थिइन् । उनी हरेक दिन भन्ने गर्थिन कि छोरा तिमी जे मन लाग्छ त्यो गर, जुन तिम्रो आ.त्माले स्वीकार गर्छ ।’ ‘र अहिले मैले आमाकै प्रेरणा पछ्याउँदै त्यही गरिरहेको छु र सफल भएको छु ।’

उनले सानो छँदाको एक घटना सम्झिए कि एक दिन उनी टिभीमा कलेज बास्केटबलको खेल हेरिरहेका थिए र कमेन्टेटरले एक खेलाडीलाई उनी भविश्यमा एक मिलियन डलरका बन्नेछन् भनेका थिए । त्यतिबेला उनकी आमाले भनेकी थिइन् कि छोरा एक दिन यस्तो आउनेछ कि तिमी एक मिलियन डरको हुनेछौ, यो कुरा मैले जीवनमा कहिल्यै भुल्न सकिनँ ।

तर, मिलियन डलर तत्काल आएन । बिद्यालय शिक्षा उत्तिर्ण गरेपछि उनले युएस नेभीमा चार बर्ष बिताएका थिए । जागिरबाट सम्मानस्वरुप छुट्टी लिएर सन् १९७४ मा उनी सान फ्रान्सिस्कोमा चिकित्सा उपकरणको व्यापार सुरु गरे ।

जब एक मानिसले रातो रंगको फरारी गाडी पार्क गरिरहेको उनले देखे, त्यसपछि उनले जीवन पूरै परिवर्तन भयो । फरारीवाला मानिसलाई गार्डनरले सोधे कि जीवन जीउन उनी के गर्छन ?

उनी एक सेयर दलाल रहेछन् र उनलाई बब ब्रिज भनिन्थ्यो । कुराकानीका क्रममा गार्डनरले आफूपनि यहाँ काम गर्न इच्छुक रहेको बताए । उनीहरुको भेट पुनः भयो र ब्रिजले गार्डनरलाई प्रशिक्षण जागिरेको रुपमा नियुक्त गर्न सहयोग गरे ।

यद्यपि सेयर दलालका लागि हुने अन्तर्वार्ताको एक दिनअघि पार्किङ टिकटको पैसा तिर्न नसकेर उनी जेलमा पुगेका थिए । त्यहाँ उनलाई ब्रिजले सहयोग गरेका थिए । आफ्नो आ.त्मकथामा बनेको चलचित्र रिलिज भएको ६ बर्षपछि उनलाई अर्को बज्रपात आइपर्‍यो । सन् २०१२ मा क्यान्सरका कारण उनकी पत्नीको मृत्यु भयो ।

यस घटनाले उनलाई जीवन जिउने तरिका परिवर्तन गरिदियो । तीन दशक लामो निक्कै सफल व्यवसायिक जीवन त्यागेर उनले करिअर परिवर्तन गरे र प्रेरणात्मक वक्ताको रुपमा आफूलाई उभ्याए ।

अहिले उनी विश्वका ५० भन्दाबढी मुलुकको भ्रमण गरिसकेका छन् भने बर्षमा २०० दिन उनी मुलुकबाहिर बिताउँछन् ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया दिनुहोस