कोरोना कहर कै बीच चर्चित लोक दोहोरी गायक राजु परियारले खोले एक करोड लगानीमा दोहोरी साझ (भिडियो हेर्नुहोस)


लोक तथा दोहोरी गीतका बादशाह राजु परियारले कोरोना कहर कै बीच दोहोरी साँझ खोलेका छन। उनले राजधानीको गोंगबुमा करिब एक करोड रुपैयाको लगानीमा लाहुरे दोहोरी साँझ सुरु गरेका हुन् ।

करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियारले पहिलो चोटी दोहोरी साँझ व्यवसायमा जोडिएका हुन् । केही बर्ष पहिले राजु परियारको नाम नभएका एल्बमहरु बिक्री हुन गाह्रो हुन्थ्यो जति बेला गीतहरु रिल तथा चक्का प्रबिधिमा थिए । पछिल्लो समय उनले दारौं सिरुवारी गीत बजारमा ल्याए जुन सर्वा्धिक चर्चा पाएको गीत हो । सामाजिक चेतनाका गीतहरुमा पनि उनले उत्तीकै आवाज दिएका छन् र आफैले पनि प्रस्तुत गरेका छन् । सुनपानीले छर्क मायालु.. रुमाल धोको छु जस्ता समाजिक चेतनाका गीतहरुपनि उनको चर्चित गीत हुन् ।

लाहुरे दोहोरी साँझ भित्रै बसेर गायक परियारसंग गरिएको कुराकानी हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस