सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट किनेको पुरानो सुटकेसभित्र लाखौँ पैसा भेटिएपछि…!


एजेन्सी । अमेरिकामा एउटा अचम्मको घटना बाहिरिएको छ । सेन्ट्रल मिशिगन बस्दै आएका ५० वर्षीय हाबर्ड किर्बीको इमान्दारिता देखेर दुनियाँ चकित भएको छ ।

खासगरी उनले केही दिन पहिले एक सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट एक पुरानो सुटकेस किनेका थिए । जब उनकी छोरीले उक्त सुटकेस खोलिन् तब उनीहरुको होस नै उड्यो । उक्त सुटकेसभित्र ४० लाख रुपैयाँ भन्दा बढी रकम थियो ।

मिडिया रिपोर्ट अनुसार सुरुमा परिवारलाई यति धेरै मोटो रकम देखेपछि त्यसलाई के गर्ने भनेर निर्णय लिन सकेनन् । हाबर्डले सोँचे कि उक्त पैसाले आफ्नो घरको ऋण तिरेर रिटायरमेन्ट लिएर राम्रो जीवन बिताउन सकिन्छ । उनले आफ्नो वकीललाई उक्त घटना सुनाए । वकीलले त्यो रकम आफूसँगै राख्न सल्लाह दिँदै त्यो रकमविरुद्ध कुनै कानुनी का र बाही नहुने पनि बताए । तर हाबर्डले त्यो पैसालाई उसको मालिकलाई फिर्ता गर्ने निस्कर्षमा पुगे ।

त्यसपछि सुटकेसलाई जहाँबाट किनेका थिए त्यहीँ लगे । जब त्यो सुटकेसको मुख्य मालिकको बारेमा खोज तलास भयो अन्तमा पत्ता लाग्यो कि उक्त सुटकेस न्युबेरीका एक परिवारको हो । उसको परिवारले पिताको नि धन भएपछि सुटकेसलाई भित्र के रहेको छ भनेर खोजी नै गरेनन् ।

प्रतिक्रिया दिनुहोस