बन्दा किन्न पसल गएकी युवती घर पुग्दा बनिन् एक्कासी करोडपती !


एजेन्सी, ११ फागुन । अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् । बन्दा किन्न बाबुको आग्रहमा गएकी ति युवतीले बन्दा किन्नु अघि एक पसलमा गएर चिट्ठा किनिन् त्यही चिट्ठाले उनलाई लखपति नभई करोडपति बनाइदियो ।

अन्तराष्ट्रिय समाचार स्रोतहरुका अनुसार त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा पनि किनेर घर फर्किन् । जब घर आएर लटरी टिकट स्क्रयाच गरिन्, तब उनी हेरेको हेर्यै भइन् । वास्तवमा उनी निकै नै भाग्यमानी सावित भइन् । उनको चिट्ठामा २ लाख २५ हजार डलर परेपछि त्यो खुशी खुशी सिमा नै रहेन ।

डिज्नी वल्र्ड घुम्ने सपना पूरा गर्नमा त्यो पैसा खर्च गर्न चाहान्छिन् । र त्यसबाट बचेको पैसा उनले बुढेसकालको समयलाई संचित गरेर राख्ने उदेश्य रहेको एक अन्तरवार्ताका क्रममा बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस