३० वर्षसम्म ढोका अड्काउन प्रयोग गरेको यो ढुंगाको मूल्य करोड बढी !


एजेन्सी । १० किलोको एउटा ढुङ्गाको मूल्य एक करोड भन्दा बढी पर्छ भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । सन् १९३० को दशकमा भेटिएको उल्कापिन्ड नामक यो ढुंगाको मूल्य एक करोडभन्दा बढी भएको बताइएको हो ।

समाचारअनुसार अमेरिकाको मिशिगनमा यो ढुंगाले ढोकालाई ३० वर्षसम्म अड्याएर बन्द गरिरहेको पाइएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार उक्त ढुङ्गा उल्कापिन्ड भएको पत्ता लागेको छ ।

यस ढुंगाको मालिकले सन् १९८८ मा आफ्नो सम्पत्ति बेचेका बेला उक्त उल्कापिन्ड उपहारस्वरुप पाएको समाचारमा जनाइएको छ । स्रोतका अनुसार सन् १९३० को दशकको एक रात यसका मालिकले पत्थर खेतमा खन्नेबेला भेटे जुन निकै तातो थियो ।

गएको जनवरीमा उल्कापिण्डहरु हज्जारौं मूल्यमा बिकिरहेको रिपोर्ट देखेपछि नयाँ मालिक डेभिड माजुरेकले आफूसँग भएको अचम्मको ढुङगा पनि कतै उल्कापिण्ड त होइन भन्ने जिज्ञासासहित उनी युनिभर्सिटी अफ इक्ज्यामिनेशनमा पुगेको बताए । क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाउनुअघि नै यो ढुंगालाई एडमोर उल्कापिन्ड नाम राखिएको वैज्ञानिकहरुले बताएका छन् ।

उल्कापिन्डको नमूना क्यालिफोर्निया युनिभर्सिटीको प्लेनेटरी–साइन्स डिपार्टमेन्ट पठाइएको छ ताकि त्यसको रासायनिक संघटन जाँच्न सकियोस् ।

प्रतिक्रिया दिनुहोस