नायक खतिवडासंग माफी माग्दै मिडियामा आइन लक्ष्मी गदाल (भिडियो)


चलचित्रका कलाकारहरु विभिन्न गसिपको शिकार बन्ने कुरा नौलो हैन । तर कुनै कलाकारको अभिनय राम्रो भएपनि चरित्र भने खराब हुने एउटा घटनाले देखाएको छ । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडाले दुई दर्जन बढी चलचित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अ.त्याचार, शो.षण, दमन र महिला हिं.सा विरोधी अभियन्ताको रूपमा आफूलाई उभ्याएका छन् । अर्थात् उनी चलचित्रका नायक हुन् ।

चलचित्रको पर्दाभित्र समाजमा नराम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मु.क्का बजारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने खलनायकको रूपमा रहेको आरोप लागेको छ । कलाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर एक युवतीलाई शा.रीरिक शो.षण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आरोप रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् ।

गदालले त्यस्तो आरोप लगाएपछि ति दुवै यसअघि नै एकै साथ मिडियामा आएर आ-आफ्नो स्पस्टिकरण समेत दिइसकेकाछन ।

यसै बीच उनी लक्ष्मी गदाल बेहुली बनेर काठमाडौँको भद्रकाली मन्दिरमा भेटिएकी छन । उनि किशोरको सल्लाह अनुसार मन्दिर गएकी हुन तर उनि मन्दिर पुगेको छर घण्टा सम्म पनि किसोरले नत फोन उठाए न त मन्दिर आए । उनले जत्ति कुर्दा पनि किशोर नआएपछि उनि रोइकराई गरेर आफ्नो पिडा पोख्ने प्रयास गर्दै बासिन । बिडम्बना उनको सिउदो भर्ने सपना अधुरै रह्यो । यी सबै दृश्य एक युट्युबरले आफ्नो क्यामारामा कैद गरे । जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

पछिल्लो समय लक्ष्मी गदाल पश्चाताप गर्दै मिडियामा आउन थालेकी छन । उनले आफु मिडियामा आएर किशोर खतिवडाको चरित्रह.त्या गरेकोमा माफी समेत मागेकी छन । त्यसो गर्नुमा अन्य कसैले आफुलाई उक्साएको समेत उनले खुलासा गरेकी छन । विगत केहि दिन देखि इन्टरनेटभर नायक खतिवडा र गदालको अन्तर्वार्ता भाइरल नै भएको थियो । अहिले मिडियामा अन्तर्वार्ता दिएर किशोरबारे अनावश्यक बोलेको भन्दै लक्ष्मीले अझै पनि किशोरलाई माया गर्ने बताएकी छन ।

पुरा भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस