दुवै श्रीमान एक ठाउ, वडा अध्यक्ष राखेर समस्याको समाधान गर्ने प्रयास (भिडियो)


पछिल्लो समय एक श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमानसंग दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि भागेको कुराले सबैलाई चकित बनाएको छ । बैदेशिक रोजगारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् ।

लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए । त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला दोश्रो श्रीमान रुदै मिडियामा आएपछि पत्रकारको टोलि पहिलो श्रीमान र श्रीमती बसेको ठाउँमै पुगेर उनीहरुबाटै सत्य कुरो के हो भनेर कुराकानी गरेका छन । उनले अर्कैसंग गएकी श्रीमती यसकारण फिर्ता गरेको बताए । भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस