यी हुन् विश्वकै विचित्रको मानिस, जसको टाउकोमा छ दुइतिरै अनुहार !


एजेन्सी। बेलायतमा एकजना यस्ता अनौठो ब्यक्ति थिए जसको टाउकोमा दुईतिर नै अनुहार थियो । एकतिरको अनुहारमा भएका अंगले सबै काम राम्रोसंग गर्न सक्थ्यो भने अर्कोतिरको अनुहारले मुस्कुराउन मात्र सक्थ्यो ।

ती व्यक्ति बेलायती नागरिक एडवर्ड मोर्दकै हुन् । जसको टाउकोको मुहार एउटा सुत्दा अर्को उठ्ने गर्दथ्यो । उनको जन्मजात नै दुई अनुहार लिएर जन्मिएका थिए । मोर्दकैको पछिल्लो अनुहारले हाँस्ने मात्र गर्छ अरु कुनै प्रतिक्रिया दिने गर्दैनथ्यो ।

मोर्दकै को दुई अनुहार देखेर मानिसहरु उनी देखि डराउँथे । कतिपयले त उनलाई राक्षस समेत भने । शल्यकृया मार्फत उनलाई चिकित्सकले टाउको छुट्याउने सल्लाह पनि नदिएका भने होइनन् । तर उनले त्यसो गरेनन् ।

उनलाई डाक्टरहरुले दिएको सुझाव अनुसार अपरेसन गर्ने चुनौती मोल्न चाहेनन् । अनुहारको कारण उनी निकै चिन्तित थिए । जसका कारण २३ वर्षको उमेरमा नै उनले देह त्याग गरे । उनको निधन अल्पआयुमै भएपनि उनलाई देखेकाहरुले भने अझै पनि उनको स्मरण गरिरहन्छन् ।

०००

यी नवजात शिशु, जो जन्मने बित्तिकै रु’नुको सट्टा रि’साइन्, रातारात भाइरल भयो उनको तस्विर !

एजेन्सी, १२ फागुन । यतिबेला सामाजिक सञ्जालमा एक नवजात शिशुको तस्वीर भाइरल भइरहेको छ । जुन शिशुको तस्विर डाक्टरले नै खिचेर सामाजिक संजालमा लागेका हुन् ।

हामीलाई थाहा छ कि नवजात शिशु जन्मनसाथ रुन्छ तर ती शिशुलाई डाक्टरले रुवाउन खोज्दा उल्टै रिसाएकी छन् । शिशुले बनाएको अनुहारको प्रतिक्रिया कैद गर्दै डाक्टरले तस्वीर सार्वजनिक गरेका हुन् ।

फेब्रुअरी १३ तारिखका दिन इसाबेला परेइरा दि जेससको जन्म ब्राजिलको रियो दि जनेइरो अस्पतालमा अपरेसनबाट भयो । फोक्सोले काम गरेको छ/छैन जाँच्न प्रसूती चिकित्सकले उनलाई रुवाउन खोज्छन् । तर रुनुको सट्टा उनले अनौठो अनुहार बनाइन् ।

तस्वीर हेर्दा उनी रिसाएकी जस्तो देखिन्छ । आमा डेनी दि जेसस बरबोसाले इसाबेला जन्मेपछिको फोटो खिच्न स्थानीय फोटोग्राफर रोडरिगो कुनस्टमानलाई जिम्मा दिएकी थिइन् । रोडरिगोले नै शिशुको आश्चर्य लाग्दो प्रतिक्रियासहितको तस्विर कै’द गरेका थिए ।

फोटोग्राफर रोडरिगोका अनुसार प्रसूती चिकित्सकले शिशुको नाभी का’ट्नुअघि नै रुवाउन खोजेका थिए । ‘उनले आँखा उघारेर हेरिन्, तर रोइनन्,’ उनले भने, ‘डाक्टरले इसा रोऊ समेत भने । उनले ग’म्भीर प्रतिक्रिया देखाइन् र नाभी का’टेपछि मात्रै रुन थालिन् ।’

शिशुको जन्म एक अदिव्तीय क्षण भएको र यो रकर्ड गर्न योग्य भएको उनले बताए । उनले यस बेलाको १० महत्वपूर्ण तस्वीर खिचेका छन् जसमा उनको महत्वूर्ण क्षण कै’द छन् । उनको पहिलो रोदनसहितको तस्विर रोडरिगोले आफ्नो सामाजिक सञ्जालमा समेत राखेका छन् ।

इसाबेलाकी आमाले भा’इरल भएको उक्त तस्वीरले उनी अहिले नै साहसी भएको जनाएको बताइन् । ‘मेरी छोरी जन्मजात साहसी छिन्,’ समाचार संस्था जिवानलाई उदृत गर्दै डेनीले भनिन्। ‘उनको तस्वीर अहिले नै मिम भइसक्यो । उनी ड्राइपर बदल्दा र हेरचाह गर्दा जहिल्यै निधार खुम्चाउँछिन्,’ उनले भनिन्, ‘इसाबेला २० तारिखका दिन जन्मनु पर्ने हो, तर उनी आफैंले जन्मने दिन छनोट गरिन् र आफ्नो व्यक्तित्व प्रस्तुत गरिसकेकी छिन् ।’

प्रतिक्रिया दिनुहोस