यौ नसम्बन्धी केहि यस्ता विचित्रका रोचक तथ्यहरु..


विश्वभरका हामीले अनेक यौ नका बिषयमा विभिन्न कुराहरु सुन्दै आएका छौ। हरेक किस्साहरु रोचक तथ्य र आश्चर्य लाग्दो पनि हुन्छ ।

त्यस्तै,केहि तथ्यहरु बारे बताउदै छौ । एउटा मानिसले ३० मिनेटसम्म सक्रिय यौ नक्रिया गर्दा उसको शरीरबाट करिब २०० क्यालोरी उर्जा खर्च हुन्छ ।

एक मिनेटको चुम्बनले २६ क्यालोरी खर्च गर्छ । सन् २००८ मा औसत अमेरिकी पुरुषहरुको शुक्रकीटको संख्या सन् १९७८ को तुलनामा ३० प्रतिशत घटेको पाइएको थियो ।

अमेरिकीहरुले आफ्ना सुत्ने कोठापछि सबैभन्दा बढी यौ नक्रिया गर्ने ठाउँ कार रहेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

अमेरिकामा प्रत्येक ५ जनामा १ जना कामकाजी मानिसले आफ्ना सहकर्मीसँग यौ नसम्बन्ध कायम गरेको हुन्छ ।

यौ न क्षमता कमजोर हुनेहरुका लागि औषधीको रुपमा सन् १९९८ मा भियाग्राको चक्की बजारमा आएको थियो । त्यसबेला उक्त चक्कीको यति बढी माग भएको थियो कि बजारमा आएको तीन महिनाको छोटो अवधिमा मात्रै उक्त औषधी कम्पनीले ४१ करोड १० लाख अमेरिकी डलर नाफा गरेको थियो ।

वी र्यको मुख्य भूमिका भनेको सन्तानोत्पत्तिमा हुने गर्छ । तर विभिन्न अध्ययनहरुले के देखाएको छ भने वीर्यमा हुने प्रोटिनमा छालाको चाउरी हटाउने वा कम गर्ने तत्व पनि हुने गर्छ ।

मानिसमा बच्चा जन्माउनको लागि शुक्रकीट र अण्डाको जरुरत पर्दछ । एउटा वयस्क पुरुषको शरीरमा दैनिक करोडौं शु क्रकीटहरु उत्पादन भइरहेको हुन्छ । तर एउटा महिलामा भने एउटा निश्चित संख्यामा मात्र अण्डाहरु हुने गर्छ ।

एउटा छोरी जन्मेको बेलामा उनको शरीरमा करीब १० लाख अण्डाहरु हुन्छन् । तर वयस्क उमेरमा आइपुग्दा त्यो घटेर तीन लाख मात्रै हुन्छ । तीमध्ये पनि महिलाको प्रजनन कालमा ३०० देखि ४०० वटासम्म अण्डाहरु मात्रै गर्भाधानको लागि निष्काशन हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस