भ्वाईस अफ नेपालबाट बाहिरिएकी सन्जु मोक्तानको घर पुग्दा आमाले सुनाइन् झण्डै डिप्रेशन भएको पीडा (भिडियो)


निक्कै सफल र चर्चित अन्तराष्ट्रिय फ़्रेन्चाइज गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन सुरु भएको छ । यो सिजन ३ को प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार प्रतियोगिताको डिजिटल अडिसनमा ४० हजार जनाले आवेदन दिएका थिए । जसमध्यबाट छानिएका १ सय २० जनाले शो को ब्लाइन्ड अडिसनमा भाग लिन पाउने भएका छन् ।

ब्लाइन्ड अडिसनबाट हरेक कोचले छानेका १२÷१२ जना भाग्यमानी प्रतिस्पर्धीले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यस सिजनमा भने एक जना कोच हेरफेर भएको छ । शो को कोचका रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा अघिल्लो सिजन कै कोच निरन्तर रहेका छन् भने तृष्णा गुरुङ नया कोच आएकी छन।

ब्याटल राउण्डबाट बाहिरिएकी संजु मोक्तान मिडियामा आएकी छन । आमाको निक्कै प्यारी छोरी संजुको घर पुग्दा भ्वाइसको कम्पिटिसन बारे यस्तो कुराहरु सुनाएकी छन ।

पुरा भिडियो यहाबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस