आफ्नो श्रीमान माधव भण्डारीलाई मेलम्चीको बाढीले बगाए पछी श्रीमती नाबालक छोरालाई अंगाल्दै भक्कानिइन (भिडियो)

आफ्नो श्रीमान माधव भण्डारीलाई मेलम्चीको बाढीले बगाए पछी श्रीमती नाबालक छोरालाई अंगाल्दै भक्कानिइन (भिडियो)

26
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असार । मंगलबार साँझ आएको भिषण बाढी र पहिरोमा परि सिन्धुपाल्चोकमा कम्तिमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् । मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।

मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले ठुलो क्षति गरेको प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले जानकारी दिए । मेलम्ची खोला उर्लिंदा मेलम्ची बजारमा डुबेको छ । जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र दर्जनौ घर बगेको विवरण आएको छ ।

सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । सेनाको हेलिकप्टर मार्फत त्यहाँ उद्दार भएको छ । खोलामा अझै पनि पानीको बहाव नघटेकोले सतर्कता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

खोलामा बाढी आएको थाहा पाएपछि माधव भण्डारी खोलामा माछा पोखरीमा आउने कुलो थुन्न जादा बाढीले बगाएको श्रीमतीले भावुक हुदै सुनाएकी छन ।

मेलम्ची बजारमा रहेको रेडियो मेलम्चीको भवन बाढीले डुबाएको छ । मङ्गलबार अपराह्नदेखि बढेको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा रहेको रेडियोको तीनतले भवनको दुई तलासम्म डुबाएको छ ।

रेडियोका सम्पूर्ण सामग्री क्षतिग्रस्त भएको र करीब रु ५० लाख हाराहारी क्षति भएको छ । रेडियोको सम्पूर्ण कागजात, उपकरण, ल्यापटपलगायत सामग्री बाढीले बगाएको रेडियोका अध्यक्ष डम्बररसिक भारतीले बताउनुभयो ।
दोस्रो तलासम्म लेदोले पुरिएको र तेस्रो तलाको अलिकति भाग मात्र देखिएको छ । बाढीले मेलम्ची बजार डुबानमा परेपछि स्थानीयवासी सुरक्षित आश्रय स्थलको खोजीमा छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तथा अन्य संघसंस्था राहत एवं सहयोगका लागि सिन्धुपाल्चोक जाने क्रम जारी छ ।

तस्विरहरु :

भिडियो हेर्नुहोस :

सेनाको हेलिकप्टरले बाढीमा फसेकाहरुको उद्दार गर्दै :

तस्विर : सामाजिक संजाल

बाढीपहिरामा परी तीनको मृत्यु, ११ बेपत्ता

केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक÷एकजनाको मृत्यु भएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् । गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिराले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उहाँले बताउनुभयो । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।

बाढी पहिरामा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ ।

त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिनुभयो । अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो । त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औषतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।