मेलम्चीको बाढीमा भाग्यले बाचेका मेलम्ची खानेपानीमा कार्यरत दिनेश असार १ गतेको त्यो कालो रात यसरी सम्झिन्छन (भिडियो)


अविरल वर्षा पछि गएको पहिरो पछी मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएका छन । बाढीले सैयौ घर पुरेको छ भने खेत पुरै बगरमा परिणत भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुने मध्य मेलम्ची खानेपानी आयोजनामा कार्यरत चिनिया र भारतीय नागरिक पनि परेका छन । बाढीबाट बाचेकाहरु धेरै जसोको घर र जमिन सबै लगेपछि अहिले सडकको बास भएको छ । बिपत्तिमा परेका स्थानीयहरुले सहयोगको आशा गरेका छन ।

त्यस्तै बाढीले झोलुंगे र पक्कि पुल पनि बगाएको छ । बाढीमा फसेका स्थानीयहरुलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेको थियो । अहिले सबै जना सुरक्षित स्थानमा स्कुल भवनमा सेल्टर लिएका छन ।

मेलम्चीको बाडीमा भाग्यले बाचेका मेलम्ची खानेपानीका कर्मचारी दिनेश दाहाल असार १ गतेको त्यो कालो रात यसरी सम्झिन्छन । भिडियो यहाँबाट हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस