विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण

विकास बैंक र वित्त उपसमूहका शेयरमा लगानीकर्ताको आकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा आज विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
सो कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ । यस्तै, सेन्ट्रल फाइनान्स ९.९७, नेपाल फाइनान्स ९.८६, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.५७ र प्रोगेसिभ फाइनान्स कम्पनीको शेयरधनीले ९.६८ प्रतिशतले नाफा आर्जन गरेका छन् । वित्त उपसमूहको शेयरमा ११८.७८ बिन्दुको वृद्धि देखिएको छ । यस्तै विकास बैंक उपसमूहको शेयरमा १३६.९६ बिन्दुको सुधार देखिएको छ ।

नेप्सेका अनुसार नेप्सेमा भने ४.१३ बिन्दुले ओरालो लागेर दुई हजार ८२३.८७ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ बिन्दुले घटेर ५२२.३७ मा पुगेको छ । कूल २२० कम्पनकिो एक करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब २३ अर्ब पाँच करोड ४२ लाख ६५ हजार ८५६ बराबर पुगेको छ ।
कारोवार भएका १३ उपसमूह मध्ये बुधबार सात उपसमूहको शेयर ओरालो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ४.०८, व्यापार २२.४६, होटल तथा पर्यटन ४९.६८, लघुवित्त ४७.६, जीवन बीमा ११२.४८, सामूहिक लगानी कोष ०.०९ र लगानी २.३९ बिन्दुले घटेको छ । यस्तै, विकास बैंक १३६.९६, जलविद्युत् २.९४, वित्त ११८.७८, निर्जीवन बीमा ५.६३, उत्पादन ५७.०९ र अन्य उपसमूहको शेयर १८.३१ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा नेपाल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३० करोड ४२ लाख ५८ हजार १९२ बराबरको कारोवार भयो । त्यस्तै, एनएलजी इन्स्योरेन्स रु २१ करोड ६९ लाख ९४ हजार ८०२, नेशनल हाइड्रोपावर रु १८ करोड ७६ लाख २६ हजार ४७०,नेपाल पुनरबीमा कम्पनी रु १४ करोड ७६ लाख तीन हजार ३१२ र ज्योति विकास बैंक रु १३ करोड ८१ लाख ९० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । उता, एचआइडिसिएल ४.२८, खानीखोला हाइड्रोपावर ३.३५, गणपति माइक्रोफाइनान्स ३.२६, सबैको लघुवित्त २.९५ र सोल्टी होटलका लगानीकर्ताले २.६४ प्रतिशतले गुमाएका छन् । रासस

यो  पनि – कृषि विकासका लागि नवीकरणीय ऊर्जाको प्रयोगमा जोड – खाद्य पदार्थको उत्पादन बढाउन व्यवसायीकरण, यान्त्रीकीकरण, भण्डारण र बजार व्यवस्थापन गरिनु पर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । कृषि क्षेत्रमा संलग्न जनशक्तिको अधिकतम् उपयोगका लागि सीप विकास, सहज लगानीका लागि ऋण र अनुदान व्यवस्था गर्न सकिएमा खाद्य उत्पादन वृद्धि हुनुका साथै किसानको जीवनस्तर अभिवृद्धि हुन सक्ने उहाँहरुको ठम्याइ छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले राष्ट्रिय धान दिवसका अवसरमा आयोजना गरेको वेबिनारमा रासायनिक मलको निर्भरतालाई कम गर्न र दिगो उत्पादकत्व बढाउन भान्छाबाट निस्कने फोहरमैला र वायोग्यास प्लान्टबाट निस्कने जैविक मललाई प्रयोग गर्न सकिने र सिँचाइ सुविधा पुग्न नसकेका ठाउँमा सौर्य पम्पबाट सिँचाइ गरी उत्पादन बढाउन नवीकरणीय ऊर्जा प्रविधि निकै उपयोगी हुने उहाँहरुको भनाइ छ । उत्पादनपछिका कृषिजन्य वस्तुको प्रशोधन, सुकाउन र भण्डार गर्न लघु जलविद्युत, सौर्य मिनिग्रिड, वायु ऊर्जा, सौर्य पिभी, सोलार थर्मलजस्ता नेपालका ग्रामीण वस्तीमा सहज उपलब्ध हुने प्रविधिलाई राज्यले प्राथमिकता दिनु पर्ने उहाँहरुको सुझाव छ ।

सो अवसरमा पूर्वमन्त्री गणेश शाहले कृषि र कृषकको विकासको लागि प्रविधि र सामग्री सहजरुपमा उपलब्ध गराउन, क्षमता अभिवृद्धि गर्न र लगानी सुलभ तुल्याउन आवश्यक रहेको बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिको अधिकतम् उपयोग गरी मुलुक र जनतालाई बढीभन्दा बढी फाइदा पु¥याउन उच्चस्तरमा संवाद र छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।  कार्यक्रममा युवा उद्यमी कुशल गुरुङले कृषिका लागि वायोग्यास प्लाण्टबाट उत्पादित जैविक मल र अभिषेक मल्लले सौर्य विद्युत्बाट सञ्चालन हुने सिँचाइ प्रणालीको उपयोग, विद्यमान अवस्था र सम्भावनाका सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । परिसङ्घका अध्यक्ष गुणराज ढकालको सभापतित्वमा भएको सो अन्तरक्रियामा कृषिविज्ञ डा सुधा सापकोटा, ऊर्जाविज्ञ डा इन्दिरा शाक्य, काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा सुनील लोहनी, केन्द्रका सहायक निर्देशक मुकेश घिमिरे, नेपाल वायोग्यास प्रवद्र्धन सङघका अध्यक्ष प्रकाशचन्द्र सुवेदी र नेपाल सौर्य विद्युत उत्पादक सङघका अध्यक्ष इन्द्र खनालले नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट कृषि क्षेत्रमा ल्याउन सकिने सुधारका बारेमा बोल्नु भएको थियो । रासस